'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

  • प्रकाशित मितिः माघ 4, 2077
  • 183 पटक पढिएको
  • औजार संवाददाता

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरेको बताउनुभएको छ ।

जसपाले शनिबार धरानमा संसद विघटनको विरोधमा आयोजना गरेको बृहत जनप्रदर्शन तथा विरोध सभामा बोल्नुहुदै नेता राईले यस्तो बताउनुभएको हो । पूर्वमन्त्री समेत रहनुभएका नेता राईले प्रधानमन्त्री ओलीले प्रतिगमनकारी कदम चाल्दै नाम अनुसारको काम गरेर संसद विघटन गरेको आरोप लगाउनुभयो ।

विरोध सभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एबंम पूर्वमन्त्री पर्शुराम खापुङले प्रधानमन्त्री ओलीले हाकेको गाडी दुर्घटनामा परेकोले अब चल्न नसक्ने बताउनुभयो । उहाँले ओलीले चालेको असबैधानिक कदमबाट संसद पुर्नस्थापनागरी अपूर्ण रहेको संविधानलाई विधिसम्बत ढंगबाट संशोधन गरीने समेत प्रष्ट पार्नुभयो । कार्यक्रममा जसपाका नेता रकम चेम्जोङ, यूवराज कार्कीलगायतले बोल्नुभएको थियो ।


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत