भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित अकबर रोडमा रहेको निवासमा शनिबार बिहान रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।
भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित रहेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताएका छन् ।
सिंहले भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नरहेको भन्दै यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको बताएका छन् । सिंहले भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिने ट्वीटरमा लेखेका छन् ।
यसअघि शनिबार बिहान परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यसैगरी शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल(भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको थियो ।
धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा
धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्
धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत
Copyright © 2021 - Aujarnews.com All rights reserved