आजको मौसम : पहाडमा बदली, तराईमा हुस्सु, प्रदेश नं १ मा हल्का वर्षा हुनसक्ने

  • प्रकाशित मितिः माघ 3, 2077
  • 297 पटक पढिएको
  • औजार संवाददाता

धरान । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्ययैगरी प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा मौसम सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत