निर्वाचनका लागी धनकुटामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन

  • प्रकाशित मितिः माघ 1, 2077
  • 159 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । धनकुटामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्नका लागी हिजाे जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटामा सर्वपक्षिय कार्यक्रम सम्पन्न भयो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा मतदातहरुलाई सुविधा प्रदान गर्नका लागी राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले महालक्ष्मी नगरपालिका, चौविसे गाउपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमी गाउपालिका, सागुरीगढी गाउपालिकाहरुको विभिन्न स्थानहरुमा मतदान केन्द्रहरु थप गर्न, समायोजन गर्नका लागी सुझाव दिनु भएको छ ।

उक्त सर्वपक्षिय कार्यक्रममा नेकपा धनकुटाका सचिवालय सदस्यहरु नरेन्द्र पोखरेल,अर्जुन राई,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जनता समाजपाटी धनकुटाका मणी लुङ्गेली, राप्रपाका टिका प्रसाद घिमिरे,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, पाख्रिवास नगरपालिकाका उपप्रमुख, देव कला तिम्सिना, सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु, चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई, सागुरीगढी गाउपालिकाका उपाध्यक्ष बिन्द्र राईले मतदातहरुलाई पायक पर्ने र सुविधा हुने स्थलमा मतदान केन्द्र राख्नु पर्नेमा जोड दिनु भएको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी,जिल्ला समन्य समितिका समन्य अधिकारी राम नारायण श्रेष्ठ, राष्टिय अनुसन्धान धनकुटका प्रमुख तुलसी कटेल, सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,नायक सुब्बा रत्न दर्लामी लगायत समेत महत्वपूर्ण सुझाव दिनु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख सफल पोर्तेल,सुरज श्रेष्ठ लगायतले सहजीकरण गर्नु भएको थियो ।
मदात स्थल तथा मतदान केन्द्र पुनरालोकन सम्वन्धमा राजनैतिक दलहरुका नेताहरु र स्थानीय तहहरुका प्रमुख तथा प्रनिधिहरुले दिनु भएको सुझावहरुको सम्वन्धमा जिल्ला निर्वाचन कार्यालय धनकुटाले गृह कार्य गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय समेत भएको थियो ।

विजय राई,


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत