धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् ।
स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् । शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थालेपछि आज दिउँसो प्रहरी र मृतकको एक जना आफन्तसहितको उपस्थितिमा घरको ढोका फोडिएको थियो ।
‘शनिबार बेलुकी सिरक ओढेर सुतेको अवस्थामा नै मृत्यु भएको हुनसक्छ । घरमा पालेको कुकुर र बिरालोले केही खान नपाएपछि मृतककै मासु खाएको देखियो,’डिएसपी बस्नेतले भने,‘गन्ध आउन थालेपछि छिमेकीले झापामा भएको भतिजलाई बोलाएछन्, प्रहरीलाई पनि खबर गरेपछि ढोका फोडेर हेर्दा टाउकोको मासु कुकुर र बिरालोले खाइसकेको अवस्थामा थियो ।’
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved