धरान । आइतबार साँझ एनआइसि एसिया बैंकको धरान शाखाको एटिएम फुटाएर चोरी भएको छ । चोरीमा संलग्न भएका कोशी गाँउपालिका ३ का सुभान मन्सुरी पक्राउ परेका छन् ।
कोशि गाँपालिका ३ नं. वडा घर भएका मन्सुरी धरान–३ स्थित साहिदा खातुनको घरमा डेरा गरी बस्ने गरेको सुनसरी प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजेको समयमा एनआइसि बैंकको धरान शाखाको मुख्य कार्यालय धरान–१२ स्थित महेन्द्र पथमा रहेको एटिएम फुटाएर चोरी भएको थियो । चोरी गर्दै गरेको भिडियो सिसिटिभीमा कैद भएको थियो । उक्त भिडियोलाई आधार बनाएर खोजी गर्दा सोमबार साझ विपि प्रतिष्ठान धरानबाट उनी पक्राउ परेका थिए । एटिएम फुटाएर कति रकम चाेरी भएकाे थियाे साे बारे प्रहरीले खुलाएकाे छैन ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved