जनता समाजवादी पार्टी नेपालका दुई जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
धनुषा जिल्लाका प्रभावशाली मुस्लिम नेता तथा जसपाका केन्द्रीय सदस्य हकिम राइन नेकपामा प्रवेश गरेका हुन् । आइतबार राइनलाई प्रधानमन्त्री ओलीले नेकपामा स्वागत गरेका छन् ।
नेकपामा प्रवेश गरेका राइन २०७४ को चुनावमा जसपाबाट समानुपातिक उम्मेदवार बनेका थिए । जसपाका अर्का केन्द्रीय सदस्य रामबाबु राय पनि नेकपामा प्रवेश गरेका छन् । रायलाई प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा पार्टी प्रवेश गराएका हुन् ।
२०७४ को चुनावमा सर्रलाही क्षेत्र नं. ४ ‘क’बाट ८२७० मत प्राप्त गरेका नेता रामबाबु राय नेकपामा प्रवेश गरेपछि जसपाभित्र खैलाबैला भएको छ ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved