प्रेस यूनियन धरानका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

  • प्रकाशित मितिः पुष 28, 2077
  • 158 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाली कांग्रेस नगरसमिति धरानले नवनिर्वाचित नेपाल प्रेस यूनियन धरानका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

धरान १८ बुद्धचौकस्थित कांग्रेसको पार्टी कार्यालयमा आज (सोमबार) एक औपचारिक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित नेपाल प्रेस यूनियन धरानका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।

बधाई कार्यक्रममा कांग्रेसका नगर सभापति समेत रहेका धरान उपमहानगरका प्रमुख तिलक राई, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति शुरेसमान श्रेष्ठ, कांग्रेस नगर सचिव श्याम पोख्रेल, तरुण दल नगरसभापति हिमाल श्रेष्ठ लगायत नेताहरुले प्रेस यूनियनका नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर र रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । बधाई कार्यक्रमपछि नगर प्रमुखसहित कांग्रेसका नेताहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउदै समाज विकासका निम्ति समय सापेक्ष देश र जनताको भावना र मर्म अनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । साथै उनीहरुले पत्रकारिता जगतप्रति रहेको जनताको भरोसा र विश्वासलाई टुट्न नदीन पनि आग्रह गरे ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर