जन्मदिनमा सामाजिक कार्य

  • प्रकाशित मितिः पुष 27, 2077
  • 128 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान १० पुतली लाइन स्थित पञ्चासे आयुर्वेद फर्माका प्रोपाइटर सुजन तिम्सिनाले शनिवार आफ्नो जन्मदिन समाजिक कार्य गरेर मनाएका छन । उनले धरान ४ वसन्तटारमा रहेको पवित्र वाल आश्रामलाई खाद्यान्न वितरण र घाइते भएका प्रदेश १ बास्केटवल खेलाडि प्रदिप गुरुङ्ग उपचार्थ एक हजार ५ सय पचपन्न रुपैया सहयोग गरेका छन । सहयोग रकम बास्केटवल खेलका राष्ट्रिय प्रशिक्षक एवं प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङलाई आइतवार हस्तान्तरण गरेका थिए भने आश्रममा रहेका दश जना वालवालिकालाई विहानको खाना समेत खुवाएका छन ।
लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका गुरुङ्गको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भइसकेको छ । उनले अझै करिव ६ महिना लामो थेरापि गर्नपर्ने हुन्छ । डा.का अनुसार थेरापि सफल भए गुरुङ्ग व्यवसायीक रुपमा खेलमा फर्कन सक्नेछ ।
दुई वर्ष अघि देखि संचालनमा आएको पञ्चासे आयुर्वेद फर्माले हरेक महिनाको पहिलो शनिबार काठमाण्डौँबाट आएका वरिष्ठ तथा अनुभवि डाक्टरद्वारा उपचार सेवा प्रदान गरिने प्रोपाइटर तिम्सिनाले बताए । यहि माघ ३ गते शनिबार समेत उपचार सेवाका लागि काठमाण्डौँबाट डाक्टर आउने जानकारी दिएका छन् ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर