धरान रन फागुनमा हुने

  • प्रकाशित मितिः पुष 18, 2077
  • 344 पटक पढिएको
  • औजार संवाददाता

धरान । यसवर्षको धरान रन फागुनमा हुने भएको छ ।
     कोरोना भाइरसका कारण यसवर्षको धरान रनमा एकसय जनालाई मात्र सहभागी गराइने आयोजकले जानकारी दिएको छ । शिक्षाका लागी च्यारिटि दौडको नाराका साथ हरेक वर्ष धरानमा आयोजना हुँदै आएको धरान १० के रनको नवौ संस्करणलाई भिडभाड रहित बनाउने योजना आयोजकले बनाएको धरान ररनका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।
     शनिबार पत्रकार सम्मेलन गर्दै धरान रन समहुका अध्यक्ष रमु राईले विगतको भन्दा फरक तरिकाले आयोजना गर्ने जनाउनु भएको हो । यसवर्ष धरान रनमा बढीमा सय जनालाई मात्र सहभागीता गराउने, १० किमि रुटमा ४० मिनेट रेकर्ड भएका पुरुष र ५० मिनेट रेकर्ड भएका महिलाहरुलाई मात्र सहभागीता गराउने उद्देश्य धरान रनले राखेको छ ।
     यसवर्ष महिला र पुरुषको खुल्ला विधामा मात्रै प्रतिष्पर्धा गराइने भएको छ । विजेता, उपविजेता, तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र तेस्रो र सान्त्वनासम्मलाई पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । विगतमा भन्दा कम समयमा कार्यक्रम सम्पनन गरिने र उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु समावेश गरिने समेत आयोजकले जानकारी दिएको छ ।
     यसवर्ष कोरोनाका कारण धरान रनमा सहभागीको संख्या न्युन गर्नुपरेको भन्दै आयोजकले अर्को वर्ष भव्य तरिकाले कार्यक्रम सम्पन्न गर्ने बताएको छ । अर्को वर्ष दशवर्ष पुरा हुने भएकोले पनि विशेष र बृहत हुने आयोजकले दाबी गरेको छ । यस अघि धरानमा ६ हजारसम्म धावकहरु एकैसाथ दौडिने गरेका थिए । त्यस्तै आयोजकले विभिन्न उमेर समुहमा विजेता घोषणा गरी पुरस्कृत गर्दै आएको थियो ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर