यसवर्षको एसईई जेठमा गर्ने तयारी

  • प्रकाशित मितिः पुष 16, 2077
  • 135 पटक पढिएको
  • औजार संवाददाता

धरान । सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी अघि वढाएको हो। कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन। त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो। यस वर्ष भने एसइई परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना छ। ‘चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिन्छ। त्यही अनुसार हामी तयारी गरिरहेका छौँ।’

यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुुरु हुन्छ, अझै स्पस्ट भएको छैन। विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने व्यवस्था थियो। कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर