पत्रकारिता सिकाउने व्यवहारिक पुस्तक ‘आमसञ्चार अध्ययन’

  • प्रकाशित मितिः मंसिर 23, 2077
  • 1051 पटक पढिएको
  • आषिका लम्साल

धरान । नेपालमा सञ्चार क्षेत्रको प्राज्ञिक अभ्यास र अनुसन्धान नौलो नभए पनि त्यति धेरै अघि बढ्न सकेको छैन । सञ्चार, आमसञ्चार तथा पत्रकारिताजस्ता सामाजिक विज्ञान विषयमा स्तरीय प्राज्ञिक अनुसन्धान हुन सकेको छैन । भएका प्राज्ञिक अनुसन्धान पनि अन्यन्तै न्यून छन ।

हिजोआज पत्रकारिता शिक्षा फराकिलो बनिसकेको छ । तर पत्रकारिता शिक्षाको लागि आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र सञ्चार अनुसन्धान अझै पनि हुन सकिरहेको छैन ।

यसैगरि नेपालमा पत्रकारिता विषय अध्यनका लागी आवश्यक पुस्तकहरु पनि पर्याप्त र स्तरिय उपलब्ध छैनन । विसं ०३० को दशकदेखि नेपालमा पत्रकारिता शिक्षा सुरु भएपनि अझै पाठयक्रम भने आपेक्षाकृत व्यवहारिक र अनुसन्धानमुलक बन्न सकेको छैन । प्राय विद्यालयदेखी विश्वबिद्यालयसम्म एकै प्रकारको पाठयक्रम दोहोरयाएर पढनुपर्ने बाध्यता भर्खर भर्खर मात्र हटन थालेको छ । पहिले पठनपाठन हुदै आएका पाठयपुस्तकहरु पनि पत्रकारिता पढेर सक्रृय रुपले पेशा गरिरहकाहरुले भन्दा पनि सारसंग्रहबाट कथिकुथी लेखिएकाहरु ह्ुनेगर्दथे ।

यसैले अलग अलग लेखकले लेखेका पुस्तकहरु पढदा सबै एकैखाले परिभाषा र सिद्धान्तको व्याख्यामा बढी जोड दिएका पाइन्थे । जसले पत्रकारिता विषयको गुणस्तरिय पढाइ आपेक्षा अनुसार हुन सकिरहेको थिएन ।

पत्रकारिता शिक्षामा व्यावहारिक ज्ञानको प्रचुर खाचो छ ।

किनभने पत्रकारिता पेशा पढनेर मात्र हैन गरेर मात्र उपलब्धि हासिल गर्ने पेशा हो । पत्रकारितामा जबसम्म्म पढेको कुरा व्यवहारमा लागू गराउन सकिदैन तबसम्म पेशामा टिकिरहन सकिदैन । यसैले पत्रकारितामा सैद्धान्तिकसँगै व्यवहारिक प्रयोगात्मक पढाईको खाँचो पर्दछ ।
हामी अहिले पनि क्यामेरा पुस्तकमा पढाइरहेका छौँ, पढिरेका छौँ । अनि मिडिया हाउसको समाचार कक्ष कस्तो हुन्छ भनेर चित्र बनाएर देखिन्छ वा मौखिक व्याख्या गरिन्छ । व्यावहारिक ज्ञानले अभावले पत्रकारिता पढेको विद्यार्र्थीले मिडिया हाउसमा काम गर्न सक्दैनन । यो सबै नेपाली पत्रकारिता शिक्षा व्यावहारिक ज्ञानमा आधारित नभएर भएको हो ।

यहि अभावलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय मुलधारमा सक्रृय पत्रकारिता गरिरहनु भएका पत्रकारद्धय भवानिश्वर गौतम र त्रिभुवन विश्वबिद्यालयका शिक्षक सुमन कुमार लुइँटेलले ‘आमसञ्चार अध्ययन’ नामक पुस्तक तयार गरेर बजारमा ल्याएका छन । पत्रकारिता विषय पढने कक्षा ११ का विद्यार्थीहरुका लागि तयार गरिएको उक्त्त पुस्तक एकदमै सटिक तरिकाले पत्रकारिताको सिद्धान्त , परिभाषा र व्यवहारिक ज्ञानहरु उल्लेख गरिएका छन ।

अघि नै भनिए झै पत्रकारिताको विद्यार्थीले हालसम्मको पाठ्यक्रम अनुसार कक्षा एघार, बाह्र र स्नातक पहिलो वर्षमा पनि एउटेै सेरोफेरोमा रहेर अध्यन गर्नु पर्ने बाध्यता थियो । तर एसिया पब्लिकेसन्सले बजारमा ल्याएको ‘आमसञ्चार अध्ययन’ नामको यो पुस्तक मुख्यत कक्षा एघारमा पढने बिद्यार्थीहरुका लागि भएपनि पत्रकारिता विषयमा आधारभुत प्रशिक्षण दिने प्रशिक्षक , पत्रकारिता गरिरहेका पेशाकर्मी अनि पत्रकारिता बुझन र सिक्न चाहने जोकोहीका लागि अति उपयोगी छ ।

पाठयक्रम विकास केन्द्रबाट पठनपाठनका लागि स्विकृती पाइसकेको यो पुस्तकमा आमसञ्चारको परिचय, पत्रकारिता, समाचार, संवाददाता र समाचार सङ्कलन, अनलाइन पत्रकारिता र सामाजिक संञ्जालबारे सटिक तरिकाले लेखिएको छ ।

आवश्यक उदाहरण र चित्र सहित प्रकाशन गरिएको यो पुस्तकमा पत्रकारिता बिषयमा विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे विषयगत ज्ञान र अभ्यासका कलाहरु प्नि समेटिएको छ । साथै पुस्तकमा समाचार लेखनबारे प्रयोगात्मक कार्यका लागि अलग्गै कक्षा पनि शमावेश गरिएको छ ।

यति मात्र नभएर पुस्तकमा पत्रकारिता विषयमा प्रयोग हुने भषाका शब्दहरु अर्थ खुलाएर प्रस्तुत गरिएको छ । जसले न्युज रुम भनेको के हो , पीत पत्रकारिता भनेको के हो , टिआरपी , इम्बार्गो केलाई भनिन्छ आदि धेरै कुराहरु बुझन थप सहयोग मिल्दछ ।

पुस्तक तयार गर्दा लेखकद्धयले पाठयक्रमको उद्देश्य,तहगत सक्षमता र बिद्यार्थीको मनोविज्ञानलार्य समेत ख्याल गरेर देखाइ, लेखाइ र भोगाइहरु प्राज्ञिक एवम पठ्निय सामग्रीको रुपमा राखेकोले पुस्तक पढन बुझन सरल छ गुणस्तरिय कागज प्रयोग गरेर २०८ आठ पृष्ठमा प्रकाशन गरिएको यो पुस्तको मूल्य जम्मा २६५ रुपैया मात्र छ ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार