विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरंगको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ ।
प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ ।
प्रदेश १ मा आज ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved