मोरङ र पाँचथरमा सवारी दुर्घटना २ जनाको मृत्यु

  • प्रकाशित मितिः मंसिर 17, 2077
  • 154 पटक पढिएको
  • औजार संवाददाता

बिराटनगर ।  मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो ।

यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका(१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


१० नेपालीद्वारा विश्व रेकर्ड कायम: ‘विश्वको दोश्रो अग्लो के-टू हिमालको सफल आरोहण’

काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द

'प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथी तरवार प्रहार गरे'

धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ

‘परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता’

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर