धरान । धरान–८ स्थित गुराँस मार्ग पक्कि निर्माण कार्य सम्पन्न भएको छ ।
मंगलबार संघिय सांसद् जयकुमार राईले उक्त सडकको उद्घाटन गर्नुभएको छ । २० फुट चौडा तथा ३ सय ५० मिटर लामो सडक तथा ड्रेन यही आर्थिक वर्षमा निर्माण सम्पन्न भएको हो । सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद जयकुमार राई संयोजक रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रबाट २५ लाख, धरान उपमहानगरपालिकाबाट १० लाख र जनसहभागीताबाट १४ लाख बढीको लागतमा सडक निर्माण सम्पन्न भएको हो ।
सडकको उद्घाटन गर्दै सांसद् जयकुमार राईले धरानको चौतर्फि विकास भइरहेको बताउनुभयो । उहाँले मुख्य गरी धरानलाई चारैतर्फबाट जोड्ने काममा संघिय सरकारले बजेट विनियोजन गरी काम गरिरहेको बताउँदै, धरान भित्ररहेका सडक तथा ड्रेनलाई समेत पक्की गर्ने कार्य तिब्र रुपमा अघि बढेको बताउनुभयो । उद्घाटन कार्यक्रममा नेकपाका धरान नगर इन्चार्ज चोत्लुङ तथा नेकपा धरान अध्यक्ष नारायण सुवेदी लगायतले बोल्नुभएको थियो ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved