धरान । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा सञ्चालन हुने योजनाहरुको छनौट सम्पन्न भएको छ ।
सोमबार बेलुकी बसेको कार्यक्रम निर्देशक समितिका संयोजक सांसद जयकुमार राईको अध्यक्षतामा बसेको बैठकले योजनाहरु छनौट गरेको हो । सडक, ड्रेन निर्माण, भवन निर्माण लगायतका भौतिक निर्माणमा योजनाहरु छनौट भएका छन् । जस अन्तर्गत धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको सम्पोनेन्ट मेसिन सेवा विस्तारकालागी १० लाख, सतिघाट मोरङ जोड्ने सडकको ट्रयाक निर्माणकालागी १० लाख, जेष्ठ नागरिक पार्क निर्माण धरान–७ कालागी १० लाख, खहरे तटबन्ध निर्माण धरान–९ र १२ कालागी २० लाख लगायतका योजनामा जम्मा ४ करोड बराबरको योजना छुट्याइएको छ ।
कार्यक्रम निर्देशक समितिका सदस्यहरु सांसद मिनबहादुर विश्वकर्मा, सांसद मिना सुब्बा लगायत सम्बन्धित पालिका प्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
काठमाडौं । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्द
धरान । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथ
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर
Copyright © 2021 - Aujarnews.com All rights reserved