विष्णपादुका पहिरो पीडित खाद्यान्न अभाव, चिसोमा जनजीवन कठिन

  • प्रकाशित मितिः मंसिर 6, 2077
  • 105 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित आँपटारका पहिरोपीडितहरुले अझै सम्म पनि उचित वास स्थान पाउन सकेका छैनन् ।
३ महिना अघिदेखि पहिरोपीडितहरु अस्थायी वसोवासमा वस्न वाध्य वनेका छन् ।

असोज ३ गते धरानको आँपटारमा निरन्तरको बर्षा र पहिरोले गर्दा ७ घरमा क्षति पुगेको थियो । पहिरोका कारण उतm घरका तीन दर्जन भन्दा वढी परिवार विस्थापित वनेका छन् । पहिरो पीडितहरुलाई अहिले राहत र चिसोमा जनजीवन कठिन वन्दै गएको वताइएको छ ।

उनीहरुलाई विभिन्न सामाजिक संघ –संस्थाले दिएको खाद्यन्न राहतको भरमा विहान वेलुकाको छाक टरिरहेका छन् । चिसो मौसम शुरु भएसँगै अस्थायी टहरामा वसोवास गर्नेहरुको जनजीवन कठिन वन्दै गएको २० नम्बर वडाका वडाध्यक्ष मणिराम राईले औजारसँगको टेलिफोन सम्पर्कमा वताए ।

उनले भने, जाडो शुरु भएको छ, न्यानो कपडाहरु छैनन् , प्लाष्टिकले बारेको क्याम्पमा यस्तो वेला चिसोको समस्याले वृद्ध–वृद्धा र वालवालिकालाई वढी भन्दा वढी असर गर्दैछ । ’वडाध्यक्ष राईका अनुसार उनीहरुको लागि खाद्यन्न अभाव पनि हुन थालेको छ । ‘अहिले सम्म त धरानका विभिन्न संघ सस्थहरुले दिएको खाद्यान्न राहतका भरमा छन्, त्यो पनि अव त सकिन लागेको छ,त्यसैले अव भने पहिरो पीडितलाई के खुवाउने भन्ने चिन्ता थपिएको छ, उनले भने ।’पहिरोपीडतहरुको खेतवारी र घरवास नै अविरल वर्षासँगै आएको पहिरोले गर्दा काम नलाग्ने भएको छ । खेतीयोग्य जमीन फुटेर चिरा चिरा भएको छ भने त्यहाँ अव उव्जनी हुन नसक्ने वडाध्यक्ष राईले वताए ।

पहिरो पीडितहरु धरान उपमहानगरपालिका र नेपाली सेनाले वनाएको अस्थायी क्याम्पमा ३ महिना अघिदेखि वस्न वाध्य छन् । आपँटारमा गएको पहिरोले जमीन र वासस्थान नै कामै नलाग्ने वनाएको छ । उनीहरुका लागि सुरिक्षत वासस्थानको लागि वडा कार्यालयले खोजी गरिरहेको छ तर पाएको छैन। २० नम्बर वडाका वडाध्यक्ष मणिराम राईले भने सुरक्षित वासको लागि वडा भित्रै नै जग्गा खोजी रहेको छौं तर पाउन सकेका छैनौ ।


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले