समयसीमा भित्र कोरोना नियन्त्रणको लक्ष्य राखेर, छठपछि लकडाउन माग गर्दै

  • प्रकाशित मितिः मंसिर 6, 2077
  • 204 पटक पढिएको
  • औजार संवाददाता

उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन्।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएका थिए। बैठकमा १४ जना मेयरहरू मात्र उपस्थित रहेका जानकारी दिँदै महर्जनले भने, ‘उपस्थितमध्ये तीन, चारजनाले कडा रूपमा लकडाउनको माग गरेका थिए। तर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने न्युट्रल हुनुहुन्थ्यो।’ मेयरहरूले बन्द गर्ने हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका थिए।

कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय व्यक्त गरेको महर्जनको भनाइ छ। तर त्यसका लागि स्वास्थ मन्त्रालयको सिफारिस तथा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्ने उनले जनाए। ‘उक्त प्रस्ताव क्याबिनेटले पास गरे मात्र पुनः लकडाउन हुन सक्छ’ महर्जनले भने, ‘पहिलाको जस्तो हडतालको बन्द गरेर काम छैन।’

गृहमन्त्रीले सरकार पुनः लकडाउनमा जान सक्ने भावका साथ प्रस्तुति दिएका उनले बताए। समयसीमा भित्र कोरोना नियन्त्रणको लक्ष्य राखेर बन्द गरिनुपर्ने उनको धारणा छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

 


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले