मोनाकोले उत्कृष्ट कमब्याक गरेरै पिएसजीलाई हरायो

  • प्रकाशित मितिः मंसिर 6, 2077
  • 91 पटक पढिएको
  • औजार संवाददाता

फ्रेन्च लिग अन्तर्गत वानमा पिएसजी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा मोनाकोले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २-० ले अगाडी रहेको पिएसजीमाथि मोनाकोले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै ३ गोल गरेर खेल जितेको थियो ।

मोनाकोको जितमा चेक फाब्रिगासले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले खेको ८४औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मोनाकोका लागि विजयी गोल गरेका थिए । उनले यस अघि एक गोल असिस्ट समेत गरेका थिए । मोनाकोका लागि दुई गोल केभिन भोल्याण्डले गरेका थिए । उनले खेलको ५२औ र ६५औ मिनेटमा गोल अग्र्दै खेल बराबरी गरेका थिए ।

यस अघि पिएसजीका लागि किलियन एम्बाप्पेले २५औ र ३७औ मिनेटमा गोल गर्दै पिएसजीलाई २-० को अग्रता बनाएका थिए ।यस खेलमा खेलको ८३औ मिनेटमा अबडोउ डियालोले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि मोनाको लिग वानमा ११ खेलमा २० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पिएसजी भने ११ खेलमा २४ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ ।


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले