स्वास्थ्य मापदण्ड सहित नेपाल फोटो पत्रकार महासंघ सुनसरी र हातेमालो फाउन्डेसन बीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न

  • प्रकाशित मितिः मंसिर 2, 2077
  • 68 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरी र हातेमालो फाउन्डेसन बीच भएको मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । कोभिडसङ्ग लडन स्वास्थ्य रहन पनि आकश्यक रहेको भन्दै हातेमालो फाउन्डेसनद्वारा उत्त मैत्रीपुर्ण खेल आईतबार आयोजना गरिएको हो । कोभिड १९ को विश्वव्यापि प्रकोप वढिरहेको अवस्थामा मानिसको स्वास्थलाई मध्यनजर गर्दै स्वास्थ्य सुुरक्षा अपनाएर मैत्रीपूर्ण खेल भएको हो ।

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो लकडाउन पश्चात हाल नेपाल सरकारले खेलकुदलाई महत्वका साथ खुलाउने निर्देशन दिएको हुनाले स्वास्थ मापदण्ड अपनाएर उत्त खेल आयोजना गरिएको थियो ।

उक्त खेलमा हातेमालो फाउन्डेसन र नेपाल फोटो पत्रकार महासङ दुबैको तर्फबाट नेपालीहरुको महान चाड तिहार र छठको शुभकामना समेत शुभकामना आदन प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङले हाल कोभिडले मानिसको स्वास्थ स्थिति र मानसिक रुपमा कमजोर बनाउने भएकोले स्वास्थ रहन आवस्यक रहेको बताएका थिए । जसको लागि मनिसको दैनिकिमा खेल बढि महत्त्वपूर्ण रहेको र खेल खेल्न आवस्यक रहेको उनले बताए । सो खेल आयोजना गरेको प्रति उनले फाउण्डेशनलाई धन्यवाद पनि दिएका थिए । साथमा उनले सामाजिक सुरक्षाको नियम पालना गरि तिहार मनाउन समेत आग्रह पनि गरे ।

मैत्रीपुर्ण खेलमा फाउण्डेशनले फोटोपत्रकार महासंघलाई १५-१४ गोलअन्तरले हराएको थियो । उत्त खेल धरान १८ स्थित बुढासुब्बा फुटसलमा भएको हो ।


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले