लोक लक्ष्मी स्मृति प्रतिष्ठानद्वारा निःशुल्क खाना खुवाउने अभियान जारी

  • प्रकाशित मितिः कार्तिक 30, 2077
  • 104 पटक पढिएको
  • औजार संवाददाता

धरान । लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा राखिएका असहाय तथा सडक आश्रित मानवहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रम दुई महिना पुरा भएको छ । गत असोज १ गतेदेखि धरान उपमहानगरपालिकाको संयोजनमा लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउन थालेको हो ।

प्रतिष्ठानका सदस्य रन्जिप श्रेष्ठले लाङ्गाली सामुदायिक वनको परिसरमा आज एक कार्यक्रमको आयोजना गरी असहाय तथा सडक आश्रित मानवहरुलाई निःशुल्क खाना खुवाउन थालेको ६० दिन पुरा भएको जानकारी दिए । यस्तो विषम परिस्थितिमा पनि धरानमा विभिन्न समस्याबाट बञ्चित भएका पीडित परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको उनले बताए । ‘मङ्गबारे र विष्णुपादुकाका पीडित परिवारलाई खाद्यान्न लगायत विभिन्न सामाग्रीहरु सहयोग गरेका छौ, र अझै पनि गर्दै जानेछौ, यसको दायरालाई बढाउँदै जानेछौ’ उनले भने ।

यसैगरी मेयर तिलक राईले धरान उपमहानगरपालिकाको सहकार्यमा धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा असहाय र सडक आश्रित मानवको रुपमा जीवन व्यतित गरिरहेका मानिसहरुलाई खाना खुवाउने क्रम जारि रहेको बताएको छ ।

उपमहानगरपालिकाले लाङ्गाली सामुदायिक वनको भवनमा असहाय, सडक मानव र साहाराबिहीन मानिसहरुलाई गत चैतदेखि नै व्यवस्थापन गरिएको बताए । ‘चैतदेखि नै उपमहानगरले यस कार्यक्रमलाई जिम्मेवारीमा लिएको छ, त्यो समय देखि नै उपमहानगरले खानपानको व्यवस्था गर्दै आएको थियो’ मेयर राईले भने ।

मेयर राईले धरान उपमहानगरसँग मायाघर नेपाल, होप धरान र लोक लक्ष्मी स्मृति प्रतिष्ठान जोडिन आएको बताउँदै उपमहानगरको आफ्नै स्वामित्वमा आश्रयस्थल निर्माण गर्ने छलफल भईरहेको बताए । सुविधा सम्पन्न वृद्धाआश्रम चाडै नै निर्माण गर्ने बताउँदै जग्गाको खोजि कार्य भइरहेको मेयर राईले बताए ।

पछिल्लो समय दुई महिनादेखि लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउँदै आएको बताउँदै यस कार्यक्रमले ठुलो मद्दत पुगेको मेयर राईले बताए । धरान उपमहानगरपालिकाले असहाय सडक मानवहरुलाई जिम्मेवारी सम्झेर नै निरन्तर रुपमा सहयोग गर्नुपर्ने स्थिति छ । मेयर राईले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानको मङ्सिर महिनापछि पनि निरन्तरता रहोस् भन्दै आग्रह गरे ।

लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले असहाय सडक मानवहरुलाई मङ्सिर महिनासम्म निःशुल्क खाना खुवाउने बताएको छ । विभिन्न दाताहरुबाट सहयोग आईरहेको छ, निःशुल्क खाना खुवाउने कार्यक्रमको समयवधि लम्ब्याउन सकिने समेत स्मृति प्रतिष्ठानले जनाएको छ । लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले गत अशोज १ गतेदेखि बिहान खाना र दिउँसो खाजा निःशुल्क रुपमा खुवाउँदै आईरहेका छन् ।

यसैगरी मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले सडकमा जीवन बिताईरहेका जीवन र मृत्युको दोसाधमा भएका मानवहरुलाई संरक्षण गर्ने क्रममा व्यवस्थापन गरिएको बताईन् । तर व्यवस्थापन गर्ने क्रममा ‘होप धरान’ परिवार र अन्य दाताहरुको अत्यन्तै राम्रो भूमिका रहेको उनले बताईन् । उनले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क रुपमा असहाय तथा सडक आश्रित मानवहरुलाई खाना खुवाउन थालेको २ महिना पुरा भएको प्रसंशा गर्दै धन्यवाद व्यक्त गरिन् ।

उक्त कार्यक्रममा सडक आश्रित मानवहरुलाई व्यवस्थापनको जिम्मा लिएको इटहरीको माया घर नेपालले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानका सदस्य रञ्जित श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई मेयर तिलक राईले मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । यसैगरी मायाघर नेपाल र होप धरानको सहकार्यमा समाजसेवि एवं गितकार मिना सिङ्घक लिम्बु र कलाकार रेखा फागोले लाङ्गाली सामुदायिक वनको भवनमा बसेका असहाय सडक मानवका बच्चाहरुलाई दुई कार्टुन पेम्पस र ६० वटा बटुका सहयोग गरेकी थिईन् ।

धरानका समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो । सो प्रतिष्ठानले धरानमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

 

 


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले