युइएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पिएसजीलाई २-१ गोल अन्तरले जित हासिल गरेको हो ।
युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कोस राशफोर्डले एकरएक गोल गरेका थिए भएन पिएसजीका लागि युनाइटेडकै एन्थोनी मार्सियलले आत्मघाती गोल गरेका थिए ।
यो जितसहित समुह एचमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यसै समुह अन्तर्गत गएराती सम्पन्न खेलमा आरबी लेइपजिंगले इस्तानबुल बसाकसेहिरलाई २-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।
अब पिएसजीले अर्को खेल अक्टोबर २८ मा इस्तानबुल बसाकसेहिरसँग खेल्दै छ भने म्यानचेस्टर युनाइटेडले अक्टोबर २९ मा आरबी लेइपजिंगविरुद्ध खेल्दै छ ।
काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत्
धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिक
Copyright © 2021 - Aujarnews.com All rights reserved