धनकुटाको व्यापारिक केन्द्र हिलेबजारमा अनुगमन तथा व्यवासाय संचालन सहजिकरण कार्यक्रम

  • प्रकाशित मितिः कार्तिक 1, 2077
  • 131 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा, १ कार्तिक, धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले आन्तरिक बजार अनुगमन तथा व्यावसाय संचालन सहजीकरण कर शिक्षा कार्यक्रम संचालन गरेको छ ।

चाड पर्वको अवसरमा व्यापारी तथा उपभोक्ताहरु विचमा सहजीकरण गर्ने उदेश्यले धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आन्तरीक अनुगमन गर्नुका साथै व्यावसाय संचालनमा सहजीकरण गर्दै कर शिक्षा घर दैलो कार्यक्रम समेत धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कार्यकारी सदस्यहरु डिजोश शाक्य,राम घिसिङ तामाङ्ग,नरेन्द्र काफ्ले, धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा डिलर एशोसिएसन धनकुटा हिलेका कार्यकारी सदस्य विपिन थापा,कृष्णराज जोशी , धनकुटा उद्योग बाणिज्य संघका कर्मचारी मुकेश राईले व्यावसाय संचालन र करका विषयमा सहजीकरण गर्नु भएको थियो ।

व्यावसायीहरुलाई मुल्य सूची राख्न, कर पाटी राख्न,खरिद तथा विक्रि विल जारी गर्न, म्याद सकिएको समाग्रीहरु,मिसावट तथा अखाद्य समाग्रीहरु विक्रि वितरण नर्गन र छुट्टै ठाउमा राख्न र शिल गरी फिर्ता पठाउन र व्यापार व्यावसाय नविकरण तथा दर्ता समयमाननै गर्न अनुरोध गर्नका साथै कोरोना भाईरसबाट बच्न अनिवार्य रुपमा सामाजिक दुरी कार्यम गरी माक्स अनिवार्य लगाउनु र सेनिटाईजरले हत धुने र धुन लगाउन समेत धनकुटा उद्योग वाणिज्य संघले धनकटा हिलेका व्यापारी तथा व्यावसायीहरुलाई अनुरोध गरेको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ