असक्त प्याकुरेललाई टिभी

  • प्रकाशित मितिः कार्तिक 1, 2077
  • 622 पटक पढिएको
  • औजार संवाददाता

धरान । शारिरिक रुपले असक्त धरान–१५ महादेवचौक निवासी पुण्य प्याक्ुरेललाई टिभी हस्तान्तरण गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी वाँनियाको संयोजन र धरान –१५ निवासी युवा संघ नगर कमिटी सदस्य एवम् युवा व्यवसायी भवानी दाहालले २१ इन्चको टिभी शनिबार घरैमा पुगेर सहयोग गरेका हुन् ।सहयोगी दाता दाहाल नेकपा नगर कमिटी अध्यक्ष नारायण सुवेदी,सचिवालय सदस्य राजमणि निरौलालले संयुुतm रुपमा उतm टिभी हस्तान्तर गरेका थिए । असतm प्याकुरेल ६ वर्ष अघि सवारी दुर्घटनामा परेर घरैमा थलिएका छन् । उनको कम्मरमुनिको पुरै भाग चल्दैनन् भने ओछ्यानजमै कष्टकार दिनचर्या वित्ने गरेको छ ।खुशी हुँदैं प्याकुरेलले भने,‘समय विताउनै कठिन भइरहेको वेला आफुलाई सहयोग गर्नेदाताहरुप्रति धन्यवाद दिन चाहन्छु, ६ महिना बाँच्दैन भनेर चिकित्सकले भने पनि ६ वर्ष भयो यसरी बाँचेको छु, तर अहिले दिनानु दिन मेरो शरीर कमजोर हुँदै गएको छ ।
टिभी हस्तान्तरण गर्न युवा संघका युवा नेताहरु हिमाल लिम्बू, दिपक वेनपाली, प्रेस संगठन केन्द्रिय सदस्य देवन्द्र कार्की लगायतको उपस्थिती थियो । प्याकुरेलको श्रीमती सहित १ छोरी र १ छोरा रहेका छन् भने उनलाई यातायात मजदुर र धरानका पत्रकारहरुले सहयोग संकलन गरेर धर वनाइदिएका छन् । परिवारलाई पालनपोषण गर्दै यातायात क्षेत्रमा काम गर्ने उनी आफै ओछ्यानमा थलिएपछि परिवारलाई जीवन धान्न कठिनाई पर्दै आइरहेको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ