“६५ औं प्रहरी दिवस २०७७ सम्पन्न”

  • प्रकाशित मितिः आश्विन 30, 2077
  • 99 पटक पढिएको
  • औजार संवाददाता

बिराटनगर, आश्विन ३० गते । ६५औ प्रहरी दिवश २०७७ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत प्रहरी कार्यालयहरुले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६५ औं प्रहरी दिवश २०७७” मनाएको हो ।

प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

१ नं. प्रदेश प्रहरी कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्की लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईज्युले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै देशभरमा कार्यरत उत्कृष्ट मध्ये यस प्रदेशका प्रहरी कर्मचारीहरु पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी १ नम्बर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले क्भ्भ् परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरुलाई छात्रवृतीबाट पुरस्कृत गर्नुका साथै १ नं. प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये विविध क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै मा. मुख्यमन्त्रीज्यु एवं मा. आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

१ नं. प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्री श्रृजना थापा कार्कीज्युले अमर प्रहरी परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव,अन्य सचिवज्युहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ