हातधुने स्टेशन महानगरपाकिालाई हस्तान्तरण

  • प्रकाशित मितिः आश्विन 30, 2077
  • 203 पटक पढिएको
  • गणेश लम्साल

विराटनगर, ३० असोज । विराटनगर जोगबनी नाकामा रहेको हातधुने स्टेशनविराटनगर महानगरपालिकाको वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

विश्व हात धुने दिवस २०७७ को सन्दर्भमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन)ले युनेस्कोको सहयोगमा निर्माण गरेको हातले नछोइकन तीन जनाले हात धुन सक्ने स्टेशन विराटनगर महानगरपालिको १६ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

विराटनगर –१६ स्थित रानी भन्सार नाकामा तीन महिनापहिलेदेखी सञ्चालन भैरहेको उक्त्त हातधुने स्टेशन सिमा नाकामा आवत जावत गर्नेहरुले हातधुदै आएका छन ।

अध्यक्ष यज्ञपसाद शर्माका अनुसार कोविड १९ कोप्रकोप रोकथाममा सघाउन युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ स्थानमा फरेनले हातले नछोइकन हातधुन सकिने ‘कन्ट्रयाक्टलेस’ स्टेशन राखिएका छन । नमूनाका रुपमा निर्माण गरिएका सबेै हातधुने स्टेशनहरु सञ्चालन गराउन समुदायलाई हस्तारण गरिएको अध्यक्ष शर्माले बताए ।

फरेनले इनरुवा जिल्ला अस्पताल सुनसरी रंगेली जिल्ला अस्पताल मोरङ मंगलबारे ट्राउमा सेन्टर उर्लाबारी र बयरबन स्वास्थ्य चौकी मोरङ अनि मोरङका रानी बोर्डर, विराटनगर बसपार्क, मालपोत कार्यालय तथा जिल्ला अदालत परिसर विराटनगर र इनरुवाको गुदरी बजार सहित इनरुवा, दुहवी, बुढीगंगा ,धनपालथान, रंगेली, सुनवर्षी ,रतुवामाई , उर्लाबारी, कानेपोखरी र बेलबारी क्वारेन्टिनमा हातधुने स्टेशन स्थापना गराएको थियो ।

 


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ