जुनैपनि मन्त्रालय चलाउन सक्ने क्षमता छ ! (भिडियाे सहित)

  • प्रकाशित मितिः आश्विन 29, 2077
  • 1231 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–१८ निवासी सावित्री श्रेष्ठ (जोशी) १ नम्बर प्रदेश सरकारको सांसद हुन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लागेर निरन्तर सक्रिय भएकी सांसद श्रेष्ठसँग औजार दैनिकले गरेको कुराकानी :-

१. दिनचर्या कसरी वित्दैछ ?
:- अहिले कोरानाको कारणले गर्दा खासै औपचारिक कार्यक्रमहरु छैनन् । विशेषगरि आफु र अरुलाई पनि कोरानाबाट जोगिन सचेत गर्दै र गराउँदै दिन चर्या वित्दैछ । यस वीचको अवधीमा जनताको माग र समस्याहरुका विषयमा पनि अप्रतक्ष्य रुपमा कसरी संवोधन गर्ने भन्ने विषयमा पनि लागिरहेकी छु । जुन समस्याहरुलाई प्रदेश सरकारसमक्ष सम्म पु¥याएर संवोधन गर्नको लागि पहल गर्ने कामहरु पनि गरि नै रहेकी छु ।

विशेष गरि वडा नम्बर २० विष्णुपादुका आँपटारका पहिरोपीडितको लागि प्रदेश सरकारसँग पहलकदमी अघि वढाईरहेकी छु ।

२. जनताले तपाईप्रति गरेको भरोसा र आसा पुरा गरेको छु जस्तो लाग्छ ?
:- खासगरि मुलुक संघीय संरचनामा गएपछि तीन तहको सरकार वनेको छ । संघीय सरकार , प्रदेश र स्थानीय सरकार यी तीनै तहमा हाम्रो नेकपा पाटीको वहुमत रहेको छ । यो सवैमा जति पनि सांसदहरु हुनु हुन्छ । उहाँहरुले जनताको लागि काम गरेको मैले देखिरहेको छु । हिजो हामीले सिंह दरबारमा भएको अधिकारहरु प्राप्त गर्छु भन्दा भन्दै हाम्रो समय जान्थ्यो ।

अहिलको संघीय संरचनामा हामीले जनताको लागि धेरै विकासमा कामहरु गर्न सक्छौ भन्ने लाग्छ । तर पहिला यस्तो थिएन । सामान्य कामको लागि पनि जनताले बर्षौ वर्ष दुख पाएको उदाहरणहरु छन् । यो संरचनामा हामी सफल भएको महसुस भएको छ ।

३. प्रदेश सरकारले प्रदेशको विकासको लागि के गर्दैछ ?
:- अब सरकारले विशेष गरि स्वास्थ्य,शिक्षा , कृर्षिमा वढी प्राथमिकता दिएका छौं । वढी भन्दा वढी प्रदेशवासीलाई कसरी स्वरोजगार वनाउने , विदेश जानुबाट कसरी न्युनिकरण गर्ने आफ्नै देशमा वसेर स्वरोजगार कसरी वन्ने र वनाउने भन्ने विषयमा हामी केन्द्रित भएका छौं ।

४. प्रदेश सरकारमा महिला प्रतिनिधित्व एक जना मात्रै छ, सुन्तुष्ट हुनु हुन्छ, ३३ प्रतिशत महिला सहभागिताको कुरा किन आवाज उठाउनु हुन्न ?
:- प्रदेश सरकारमा महिला सहभागिता एक जना मात्रै छ , त्यो पनि एकदमै अप्ठ्यारोबाट ढिलो दिइयो । हामी ३३ प्रतिशत महिला सहभागिताको कुरा उठाउँछौ, कार्यक्रममा भाषण गर्दा भन्छौं तर व्यवहारिक छैन। हामीले भनिरहेका छौ,मागिरहेका छौं तर त्यो भइरहेको छैन ।

५. प्रदेश सरकारले महिला प्रतिनिधित्व गर्न वेवास्ता ग¥यो हैन त ?
:- हामी महिलाहरुको लागि पनि दिनु पर्छ भनेर गयौं । महिलाहरुलाई दिने वितिकै आर्थिक डमाडोल भइहाल्छ भन्ने होइन ।

तर मन्त्रीहरु धेरै वनाईसकेपछि खर्च पनि वढ्छ भन्ने कुराले पनि हो की तर यो यदाकदा मात्रै हो त्यस्तो पो हो की भन्ने लाग्छ । हामीले कुरा गर्दा पनि मुख्यमन्त्रीले त्यस्तो होइन तपाईहरुले पाउनु पर्छ,हामी मिलाउँदैछौं भनेर भन्नु भएको छ । तर दिुनु चाहिँ पर्छ ।

६. महिलाहरुलाई त्यो जिम्वारी दियो भने सकिन्छ हैन ?
कार्यभार सम्हाल्नु सकिन्छ । काम पनि गर्न सकिन्छ ।

७. सांसदहरुले धरानको विकासमा खेलेको भुमिका प्रति जनताले गुनासो गर्छन, प्रभावकारी भुमिका भएन भनेर के भन्नु हुन्छ ?
:- मलाई त्यस्तो लाग्दैन। हामीले कुरा उठाइरहेका छौ । धरानलाई राजधानी वनाउनु पर्छ भन्ने विषयमा पनि हामीले जोडदार माग गरेकै हौ ।

८. है अव यो राजधानीको विषयमा सेलाइसक्यो अव यो प्रदेश नामाकरण विषयमा चाहिँ किन ढिलाई ?
:- हैन हामीले संसदीयल दलको बैठकमा अनि संसदमा पनि यो विषयलाई छलफल गरेका छौं । मुख्यमन्त्री र सभामुखसँग पनि यो विषयमा छलफलहरु भइ रहेका छन् । अब लगतै हुन्छ तर कोरोनाको कारण हुन सकेको छैन। अव तरुन्तै प्रदेश नामाकरण हुन्छ ।

९. तर तपाईहरुको दलवीच चाहिँ आन्तरिक रुपमा नामाकरण गर्नको लागि नजिक पुगेको पनि भन्ने कुरा आएको छ नी ?
:- हैन , हामीले जे नाम भएपनि नामाकरण हुनु पर्छ भनेर निरन्तर छलफल गरि नै रहेका छौं । कोशिस गरिरहेका छौ, जे भए पनि नामाकरण गरौ भनेर । यहा जातजातीको सवाल लगायत सवैको मागलाई मिलाएर नै नामाकरण हुन्छ ।

१०. अव धरानमा तपाईहरुले गरेको प्रतिवद्धता एयरपोटको कुरा गरेर जनतालाई ढाँट्नु भयो हैन ?
:- हैन धरानमा एयरपोट बन्छ । बनाउनु पर्छ । तर समस्या कहाँनेर हो भने एयरपोट बनाउने भन्ने स्थानका जनतालाई स्थानीय सरकारले ब्यवस्थान गर्न सक्यो भने झै पनि एयरपोट बन्छ । एक बर्ष भित्रमा त्यहाँ जनतालाई ब्यवस्थित गर्ने बबितिकै एयरपोट बन्छ , हामीलाई पैसाको पनि अभाव हुदैन ।
(बाकी पुरा भिडियो हेर्नु होला)


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ