धरान र केराबारी जाेड्ने उपेन्द्र काे हुन् ? (भिडियाे सहित)

  • प्रकाशित मितिः आश्विन 28, 2077
  • 4265 पटक पढिएको
  • औजार संवाददाता

धरान । साविकको यांङ्शिला धरान उपमहानगरसँग जोडिएको छ । मूलुक संघीय संरचनामा गएपछि यांङ्शिला गाविसलाई केराबारी गाउपालिमा समायोजान गरियो । याङ्शिला, केराबारी, भोगटेनी, सिंहदेवी र पाटीगाउँ गाविस जोडिएर बनेको केराबारी गाउँपालिकामा भएको हो ।

केराबारी गाउँपालिकाको उत्तरमा धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका, दक्षिणतर्फ सुन्दरहरैँचा र बेलबारी नगरपालिका, पश्चिमतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका र पूर्वतर्फ लेटाङ नगरपालिका छन् । सुनसरी जिल्लाको धरान उपमहानगरसँग जोडिएको याङशिला अर्थात केराबारी वडा नम्बर ६ पनि हो ।

यसै सन्दर्भमा वडाको विकास,कार्यान्वयन र योजनाका विषयमा औजार दैनिकले केराबारी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरसँग कुराकानीको सार संक्षेप :–

१. वडा कार्यालयको दैनिक कामकाज सञ्चालन निजी भवनबाट हो ?
:– अहिले स्थानीत तहमा भएपछि केही वडाहरु चाहिँ भाडामा नै सन्चालनमा छन् । सोही अनुरुप हामीले वडा नम्बर ६ पनि भाडामा नै सन्चालनमा छन् ।

२. भखरै मात्र औजार दैनिकले केराबारी गाउपालिकाका अध्यक्षसँग कुराकानी गर्दा त वडाको भवन आफैले सन्चालन गर्ने तयारी गर्दैछौ भन्नु भएको थियो, यहाँ के छ ?
:– यो आर्थिक वर्ष २०७७।०७८ को योजनाबाट केरावारी गाउपालिकाले ३ वटा वडालाई विशेषगरि ६,७ र ९ नम्बर वडालाई यो ६ नम्बर वडाको चाहिँ १ करोडको लागतमा ३ तले भवन शुरु भएको छ । १ तला चाहिँ सम्पन्न भएको छ अव यो चैत वैशाख सम्म यो निर्माण सम्पन्न हुन्छ ।

यसपछि हामी आफ्नै निजी भवनबाट वडावासीलाई सेवा प्रवाह गछौं ।हामीले वडाकै वीच सेन्टरमा पर्ने चम्पाखोलीमा ५ कठ्ठा उपलव्ध भएको जग्गामा वडा कार्यालय वनाउँदैछौ.। जग्गा हामीलाई तिर्थ बहादुर लिम्बू र चन्द्र बहादुर लिम्बूले वडा कार्यालयको लागि दान गर्नु भएको हो । हामीले ३ तलाको भवान यस अर्थमा ग¥यो , हरेक वडामा गाउपालिकाले स्वास्थ्य सेवालाई जनताको लागि सहज वनाउनको लागि स्वास्थ्य केन्द्र पनि सन्चालनमा ल्याउने तयारी सहित भवन वनाउँदैछौं ।

३. स्वास्थ्य केन्द्र सन्चालनमा आएपछि वडावासीको स्वस्थ्यमा कस्तो फाइदा पुग्छ ?
:– मुलत हाम्रो वडा भनेको स्वास्थ्य सेवा पाउन वडावासीले निकै गाह्रो नै छ । किन धरान, केरावारी अथवा इटहरी सम्म पुग्नु पर्ने अवस्था छ । यहाँको भौगालिक विकटता पनि त्यस्तै छ । सानो भन्दा सानो उपचार र औषधीको लागि पनि वाहिर नै जानु पर्ने भएको हुँदा अव वडावाटै स्वास्थ्य सेवा प्रदान गर्नको लागि वडा कार्यालयले स्वास्थ्य केन्द्र सन्चालन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य केन्द्रबाट अव वडावासीले प्राथमिक उपचारको लागि वाहिर जानु पर्दैन यहीँबाट उपचार हुन्छ ।

४. यहाँको कार्यकाल ३ वर्ष बित्दैछ,जनताले साँच्चै जनप्रतिनिधी भएको महसुस वडावासीले गरेका छन त ?
:– हिजो दिन र आजको दिनमा त फरक परिहाल्छ नी । हिजो हामी सामाविक काम गर्दा साधारण तालीले सम्मान पाइन्थ्यो तर अहिले जिम्मेवारी पुर्वक तोकिएर काम गरिदैंछ । काम गर्दै जाँदा सवैलाई खुस पार्न सकिन्छ भन्ने त सोचाई छ तर वडावासीको माग र आवस्यकता धेरै छन् ।

यसर्थ वडाको सीमित श्रोत र साधानका कारण पनि वडावासीको मागलाई पुरा गर्न तत्कालै सकिदैन । तर गर्न नसकिएको योजनाहरु क्रमस पुरा गर्दै जाने छु ।

मेरो कार्यकालभरी वडाको विकास र मागलाई म पुरा गरेरै छाड्छु । तर यो सामाविक काम भनेको यस्तो रहेछ गाली, ताली र र सम्मान यी कुराहरु नै रहेछन् । जस्ले मलाई आत्म सन्तुष्टि पनि दिन्छ किन की वडावासीबाट आएको सल्लाह सुझालाई सदैव सिरोधार्य गर्छु मेरो लागि होइन वडाको लागि वडावासीको गुनासोहरु मैले संवोधन गर्नु पर्छ र सुन्नै पर्छ अनि मात्रै वडाले विकासमा फड्को मार्नेछ ।

५. त्यसो भए वडाको विकासको लागि तपाईले अहिले सम्म के गर्नु भयो ?
:– खासगरि वडाको माग र आवस्यकतालाई हेरेर पहिलो प्राथमिकता भौतिक पुर्वाधार त्यसमा पनि सडकलाई प्राथमिकता दिएका छु । कम्तीमा गाडी घोडा कुद्ने सहज बाटो हुनु पर्छ भन्ने मान्यता वोकेको छु । जस अन्र्तगत केराबारी र धरान छिमेकी हो ।

केराबारीको संवन्ध सिधा धरानसँग जोडिएको छ । त्यसकारण केराबारी गाउपालिका र धरान सिधा जोडिनको लागि सडक नै आवस्यक पर्छ । त्यसका लागि मैले अमृतचौक हुँदै कालोपानी चोक्टी सम्मको सडक विस्तारमा लागिरहेका छौ । यो आथिक वर्षको योजनाबाट ५ करोड को वजेटले काम शुरु भैरहेका छ ।

त्यसै मुगु चोक्टी सम्मको बाटोलाई पनि सडक वनाउने योजना छ । यसरी हेर्दा अव निकट भविष्यमा केराबारी र धरान सीधा जोडिदैछ । यो जनप्रतिनिधी आएपछि ठुलो उपलव्धी मान्नु पर्छ । अर्को समस्या भनेको हुरहरे खोलामा पुल वनाउनु चुनौती छ ।

त्यसको लागि पनि मैले १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईसँग भेटेर माग राखेको छु । यो २ वर्षको अवधि वाँकी छ अव यो अवधीमा नै पुल वनाउने अठोट छ ।अव ग्रामीण भेगको वाटोलाई पनि सडक वनाउने भनेर वडाको विभिन्न स्थानमा पक्की सडक भएका छन् वन्ने क्रममा पनि छन् । मेरो कार्यकाल अवधिभरीमा वडाको सवै स्थानमा पक्की सडक वनाउने लक्ष्यका साथ काम गर्नेछु ।

६. तपाईहरुले समुदाय स्तरबाटै सहयोग जुटाएर सर्पदंश उपचार केन्द्र वनाउनु भएको छ, सन्चालनमा आयो ?
:– हामीले सर्पदंश उपचार केन्द्र समुदाय स्तरबाट अगुवाई गरेर निर्माण सम्पन्न गरेका हौं । खासगरि याङ्शिला क्षेत्र सर्प प्रभावित क्षेत्र हो,जस्का कारण यहाँ वर्षेनी सर्पको डसाईबाट मृत्युवरण गर्न वाध्य छन् । समयमा नै उपचार पाउँदैनन् । धरान, इटहरी र विराटनगर सम्म पु¥याउँदा विरामीले ज्यान गुमाइसकेका हुन्छन् ।

यसर्थ यहाँका मात्रै होइन धरान उपमहानगरपालिका वडा नम्बर ५ र ६ सहित सिङ्गो केरावारी गाउपालिकाका वासिन्दालाई सहज वनाउने उद्धेश्यले हामी भवन निर्माण गरेका होंै । यो कालोपानीमा छ , नेपाल आर्मी क्याम अगाडि राखेका छौ। हामीले यो कोरोनाका सक्रमण नभएको भए अस्ति नै देखि सेवा सुरु गर्ने थियौ । अव सवै स्थानीय गाउपालिकामा कार्यविधीहरु तयार भइसकेको छ । अव स्वास्थ्य मन्त्रालयमा गएर स्वीकृती ल्याउन मात्रै वाँकी छ ।

यो पनि अव जनजीवन सहज भयो भने यो तिहार पछि सकेर सेवा सरु गर्ने छौं ।

उपेन्द्र लुङ्गेली मगर
(वडाध्यक्ष)
वडा नम्बर –६,केराबारी गाउपालिका

( वाँकी भिडियो पुरा हेर्नुहोला )


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ