धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

  • प्रकाशित मितिः आश्विन 15, 2077
  • 228 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्यता वितरण गर्ने आज जिल्ला कार्य समितिको वृहत बैठकले निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको वृहत जिल्ला समितिको बैठकले धनकुटामा अव नया रणनितिका साथ नया ढंगबाट पार्टी संगठन विस्तार तथा सुदृठीकरण गर्दै व्यापक ढंगले क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय भएको सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

१४ औं महाधिवेशनका लागी सवै टोल,बुध तथा वडा,पालिका,प्रदेश सभा क्षेत्रिय समिति र जिल्ला समितिको अधिवेशन गर्नका लागी विद्यान तथा निर्देशिका बमोजि केन्द्रमा क्रियाशिल सदस्यता फारम माग गरी व्यापक ढंगले क्रियाशिल सदस्यता वितरण गर्ने र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई समेत कांग्रेस प्रवेश कार्यक्रमलाई समेत व्यापकता दिने निर्णय भएको छ ।

सो अवसरमा १ प्रदेश सभाका सदस्य सांसद लिला सुब्बा,महासमिति सदस्य अनन्द सन्तोषी राई, जिल्ला उपसभापति नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राइ, सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा, खेम पौडेल, महोन वान्तवा, हर्कमान चेम्जोग, राजेन्द्र पौडेल, गिरजा दाहाल,नेपाल धन राई, राजेन्द्र खड्का , दुर्गा न्यापाने, प्रदेश सभा क्षेत्रिय सभापति इन्दिरा थापा, धनकुटा नगरपालिका कार्य समिति सभापति रोशन श्रेष्ठ, सहिदभूमी गाउपालिका कार्य समिति सभापति तिर्थ राई, छथर गाउपालिका कार्य समिति सभापति छत्र सुब्बा, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाली कांग्रेस धनकुटका यूवा नेता श्रीहाङ्ग लिम्बु लगायत जिल्ला सदस्यहरुले कांग्रेसलाई पुरातन ढंगबाट नभई अव नया ढंगबाट पाटी विस्तार र सुदृढीकरण गर्नु पर्नेमा सुझाव दिनु भएको थियो ।

उक्त बैठकले हालै निधन हुनु भएका नेपाली कांग्रेस धनकुटका जिल्ला कार्य समितिका पूर्व सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि राम प्रसाद राईको निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

विजय राई,धनकुटा


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ