झापामा नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 47 पटक पढिएको
  • औजार संवाददाता

झापा, भाद्र ३१ गते । झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका-५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलवार राती सवा ७ बजे पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल