आज बिहानै वीपीमा १ कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 182 पटक पढिएको
  • औजार संवाददाता

धरान। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

वीपी प्रतिष्ठानमा उपचाररत सप्तरी प्रदेश नं. २ का ३५ बर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनका अनुसार ३५ वर्षीय पुरुषलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरेको  र उनलाई भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई मृगौलाको समस्या पनि भएकाे र उनलाई बिगत एक बर्षदेखि साताकाे दुई पटक डाइलाइसिस गर्ने गरेको साथै उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

उनी वीपी प्रतिष्ठानमा भदौ ३० गते बिहान करिब ११ बजेतिर भर्ना भएका थिए । यस्तै वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ ।

 


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल