धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजारका व्यूटीशिन र हेयर कटिङ्ग व्यावसायीहरुलाई सुरक्षित समाग्रीहरु वितरण

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 36 पटक पढिएको
  • औजार संवाददाता

धरान । धनकुटा बजारका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुलाई हिजाे धनकुटा उद्योग बाणिज्य संघले फेस सिल,माक्स,सेनिटाईजर लगायत सुरक्षित सामाग्रीहरु वितरण गरेको छ ।

६ महिना देखी लगार लक डाउनका कारण बन्द भएका धनकुटका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुको वारेमा नेपाल सौन्र्दय कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाका पदाधिकारीहरु र सदस्यहरुसंग धनकुटा उद्योग बाणिज्य संघले छलफल गरी सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु व्यावसायीहरुलाई प्रदान गरेको हो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष जिय सन्तोषी राईले व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसाय लक डाउनका कारण ठूलो मारमा परेकोले सरकारले सुरक्षि वातावरण सिर्जना गरी व्यावसाय संचालन गर्न दिनु पर्नेमा पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कोषाध्यष रुपेश श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु रेवती प्रसाद दाहाल,अम्विका धमला,लिजा श्रेष्ठ,शोभा श्रेष्ठ लगायतले धनकुटाका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुलाई सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सो अवसरमा सौन्र्दय कला व्यावसायी संघ धनकुटाका अध्यक्ष किरण श्रेष्ठ, रेणु श्रेष्ठ, कुसुम जोशी श्रेष्ठ,मनु श्रेष्ठ लगायतले लक डाउनका कारण व्यूटिशिएन व्यावसाय नराम्रोसंग प्रभावित भएकाले राज्यले अव जसरी भए पनि संचालन गर्न दिनु पर्ने माग गर्नु भयो ।

यसैगरी नेपाल नाई संघ धनकुटका अध्यक्ष सुधिर ठाकुर, उपाध्यक्ष सतिस ठाकुर,सदस्यहरु नितेस ठाकुर,ललित ठाकुर,शोनु ठाकुर लगायतले पनि सुरक्षा विधि अपनाएर व्यावसाय संचालन गर्न सरकारसंग माग गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो भने नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ लगायतले लक डाउनका कारण उद्योग व्यापार र व्यावसाय पूर्ण रुपमा धाराशाही भएकोले राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
विजय राई,धनकुटा


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल