कंगनाको जयालाई प्रश्नः तपाईंको छोरा पनि झुण्डिएको भए थोरै त सहानुभूति देखाउनुहोस् ?

  • प्रकाशित मितिः भदौ 30, 2077
  • 88 पटक पढिएको
  • औजार संवाददाता

बलिउड अभिनेत्री एवं समाजवादी पार्टीकी सांसद जया बच्चनले संसद् भवनमा केही मानिसका कारण सिंगो बलिउडको छविलाई दूषित गर्न नमिल्ने बताएपछि बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश व्यक्त गरेकी छन् । सबैभन्दा बढी कर तिर्ने बलिउडकर्मीलाई नै दुस्ख दिने काम भइरहेको र फिल्म उद्योगको विकास लागि गरिएका वाचा समेत पुरा नभएको भन्दै जयाले सरकार मनोरञ्जन उद्योगको समर्थनमा आउनुपर्ने बताइन्। ‘इण्डस्ट्री सदैब सरकारलाई मद्दत गर्न अगाडि सर्छ। सरकारले गरेका राम्रा कामलाई हामी समर्थन गर्छौं। जब कुनै विपत्ति आउँदा बलिउडकर्मी नै पैसा दिन्छन्,’ उनले भनिन्।

कंगनाले लेखेकी छन्, ‘मेरो ठाउँमा तपाईंकी छोरी श्वेतामाथि हातपात हुन्थ्यो, ड्रग्स दिइएको हुन्थ्यो र शोषण गरिएको हुन्थ्यो भने के तपाईं यही भन्नुहुन्थ्यो ? अभिषेकले ह्यारेसमेन्टका कारण आत्महत्या गरेको भए तपाईं के गर्नुहुन्थ्यो ? थोरै त सहानुभूति देखाउनुहोस् ।’ सोमवार अभिनेता रवि किशनले संसद्मा बलिउडमा बढेको ड्रग्स प्रयोग र तस्करीको विषयमा बोलेका थिए ।

उनले भनेका थिए, ‘फिल्म इन्डस्ट्रीमा ड्रग्सको लत निकै छ । कयौं व्यक्ति पक्राउ परिसकेका छन् । एनसीबी एकदमै राम्रो काम गरिरहेको छ । म केन्द्र सरकारसँग अपिल गर्छु कि यसमा कडा कारवाही होस् र दोषीलाई सजाय होस् ।’ उनको बयानप्रति लक्षित गर्दै मंगलवार संसद् भवनमा अभिनेत्री जया बच्चनले जुन थालमा खायो सोही थालमा थुक्नु लाजमर्दो रहेको बताएकी थिइन् ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल