नेइमारमाथि रंगभेदविरुद्धको व्यवहारको छानविन गरेर तथ्यहरु बाहिर ल्याउन पिएसजीको माग

  • प्रकाशित मितिः भदौ 30, 2077
  • 66 पटक पढिएको
  • औजार संवाददाता

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन 'पिएसजी' ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारविरुद्ध भएको दुव्यहावरको छानविन गर्न माग गरेको छ ।

लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले रंगभेदी व्यवहार र टिप्पणी गरेको नेइमारले बताएपछि पिएसजीले उक्त घटनाको छानविन गर्न माग गरेको हो ।

आइतबारको खेलमा नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले इन्जुरी समयको सातौँ मिनेटमा रातो कार्ड पाएका थिए । गोन्जालेजलाई हिर्काएकोमा नेइमारले रातो कार्ड पाएका थिए । तर नेइमारले आफूमाथि हात हालिएपछि र रंगभेदी टिप्पणीपछिको प्रतिक्रिया आफ्नो व्यवहार रहेको प्रतिक्रिया दिएका छन् ।

नेइमारले गोन्जालेजले रंगभेदी टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमार्फत त्यसबारे स्पष्ट हुन भिएआरको सहयोग लिन खेल पदाधिकारीलाई सुझाव दिएका छन् ।

मार्सेइलीले वक्तव्य जारी गरेर गोन्जालेज रंगभेदी नरहेको बताएको छ । पिएसजीले समाज, फुटबल र मानव जीवनमा रंगभेदको कुनै स्थान रहेको बताएको छ ।

फ्रान्सेली फुटबलको प्रशासकीय निकाय एलएफपीको अनुसाशन कमिटीले घटनाको अनुसन्धान गरी तथ्यहरु बाहिर ल्याउने अपेक्षा रहेको पिएसजीले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल