विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

  • प्रकाशित मितिः भदौ 29, 2077
  • 927 पटक पढिएको
  • औजार संवाददाता

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ ।
उपकुलपती गिरीले एक विज्ञप्ती जारी गर्दै आफु कोरोना संक्रमित भएको जानकारी गराउनु भएको छ । उहाँले प्रष्तिठानको काममा खटिइरहेको बेला आफुलाई संक्रमण भएको बताउँदै अहिले लक्षण रहित भएकोले घरैमा आइसोलेसनमा बसेको जानकारी गराउनुभएको छ । उहाँले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि अहिले साझँ चिकित्सक मार्फत म कोरोना संक्रमीत भएको पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँले विपि प्रतिष्ठानको आधिकारीक पेजमा सूचना समेत जारी गर्नुभएको छ । जारी भएको सूचनामा ‘प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको’ जानकारी दिनुभएको छ । उहाँले प्रतिष्ठानका दैनिक कार्यहरुका घरैबाट संचालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु सचिवालय मार्फत समन्व्यमा आवश्यक कार्यहरु गरिने समेत बताउनुभएको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल