कोराना महामारीमा बाल अधिकार

  • प्रकाशित मितिः भदौ 29, 2077
  • 79 पटक पढिएको
  • आशिका लम्साल

धरान। सन २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले धनी-गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ। आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि केही परिणाम दिन सकेको छैन। संसारका खासगरि शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरुलाई कोरोना भाइरस चुनौती भएको छ।

कोरोना भाइरसका कारण नेपालको अवस्था भयावह छ। दिनानुदिन थप नंया सँक्रमितहरु थपिदै छन। करिब छ महिना देखि देशका विभिन्न ठाँउहरुमा लकडाउन, निषेधाज्ञा जारी छ। कलकारखाना, उद्योग, व्यपार व्यवसाय, शैक्षिक संस्था ठप्प छ्न। लामो समय देखि शैक्षिक सस्था बन्द भएका कारण भविस्यका कर्णधार मानिने कयौं बालबालिकाको वर्तामान नै अन्योलमा छ।

खुला आकाश मन पराउने बालबालिकाहरु शैक्षिक सँस्था नखुलेका कारण घरमै सिमित छन् । विशेष गरि शहरी तथा सहरोन्मुख क्षेत्रका लाखौं बालबालिकाहरु सृजनशिलताविहिन भएका छ्न। स्कुल जान, पढ्न, खेल्न, साथिभाइसँग रमाइलो गर्न रुचाउने नानिहरु कोभीडका कारण कोठाको चारभित्तामा कैदी झैँ बस्न बाध्य छन। परिवारका सदस्यहरुमा मात्रै सिमित छ्न।

‘हे भग्वान चाँडै विद्यालाय खुलाइदेऊ, मम्मी भन्दा त म्याडम नै ठिक’ भन्ने सामाजिक संजालमा आएको एउटा भनाइलाई सापट लिदा ( रमाइलोको लागि भए पनि ) हाम्रा घरमा बसिरहेका बालबालिकाहरु वाक्क-दिक्क भएका छन् ।

राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाउने गरिन्थ्यो। तर कोरोनाका कारण यस वर्ष प्रभावित भएको छ। भविस्यका आश लाग्दा कलिला मुनाहरुले निरासाको घेराभित्र निस्सासिनु परेको अवस्था छ। सबै सुबिधाले सम्पन्न परिवारका बालबालिकाको लागी प्रत्यक दिन बाल दिवस हुने गरेको छ । तर गरिबीको रेखा मुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण । सडकमा रहेका र पहुँच नभएका बालबालिकाको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारामा मात्र सिमित भएको छ ।विभिन्न गैरसरकारी संघसंस्थाहरुले बालशोषणविरुद्ध काम गर्दै आएपनि त्यसले अधिकांश बालबालिकाहरुलाई छुन सकेको छैन ।

एभरेस्ट बोर्डिङ कक्षा १२ मा अध्यनरत स्नेहा खरेल भन्छिन्, हाम्रो घरपरिवार, समाज र देशमा बालबालिकाको सहभागीतालाई अर्थपूर्ण रुपमा लिइदैन। झन यस्तो महामारीको बेला त हामिलाइ कसले सम्झिने हो र ? स्कुल कलेज बन्द छन।

कयौं महिना भयौं घर मै मात्र बस्न बाध्य छौ। अल्छी लाग्छ। मोबाइल पनि कति चलाउनु१ समाजिक संजाल भरी कोरोनाले कति संक्रमीत भए कतिले ज्यान गुमाए भन्ने समाचारहरु मात्रै आउछन्, टि।भि मा पनि उस्तै सम्प्रेषण हुन्छ्न। यसले अझ हामीलाई तर्साएको छ। मोबाइल चलाउने बानिले हामिलाइ हामी भित्रै खुम्च्याएको छ।

त्यस्तै पोखरीया मा।वि मा अध्यनरत रोशनी यादव भन्छिन, महिना दिन अघि बाबा ममि दिदी र म लगायत हामी सपरिवार कोरोना पोजेटिभ भयौं र घरमै सुरुक्षित आइसोलेसनमा बसयौँ। करिब दुई साता पछि पुनस् कोरोना परिक्षण गराउदा रिपोर्ट नेगेटिभ आयो। हामी खुशी भयौं तर हाम्रो जनजीवन अझै सामान्य बन्न सकेको छैन। समाजमा हामीलाई कोरोना परिवार भन्छ्न। छिस्छि दुर दुर गर्ने गर्छन। सँक्रमित हुँदा बरु यति धेरै तनाब भएको थिएन तर छरछिमेकको यो व्यवहारले मानसिक पिडा थपिएको छ बेला बेला त डिप्रेसन मै गए जस्तो फिल हुन्छ। उनले थप्प आँसु चुहाउदै थपिन के संक्रमित हुनु पाप हो र ?

कोरोनाले सबै वर्गलाई उतिकै तर्साएको छ। अझ बढी यसको चपेटामा निम्न वर्ग छन। हुने खाने परिवारका बालबालिकालाई लकडाउन एक चाड झैं भएको होला तर हुदा खाने वर्गलाई जिउन न मर्नु बनाएको छ। थुप्रै दम्पतीले जागिर गुमाएका छन जसको प्रत्यक्ष असर बालबालिकामा परेको छ। छोराछोरिको उज्ज्वल भविस्यका निम्ति जोहो गरेर राखेको पैसा लकडाउनको शुरुवाती दिनमै सकियो तर लकडाउन अहँ खुलेन अझ थपिदै गयो।

ज्याला मजदुरी गरेर जिविका चलाउने बाबुआमा आज खाली हात घरमै बस्न बाध्य छन् । जसले गर्दा खान नपाएर बालबालिकाहरुमा कुपोषण हुने खत्रा बढ्दो छ।

कतिपय बालबालिकाको त बाबुआमा दुबै सँक्रमित भएर आइसोलेसनमा लगिएको छ। ती बालबालिका कसरी बसेका होलान, के खादै होलान? यस्तो परिवारको बालबालिकाको पिडा कति कहालीलाग्दो होला१। बिरामी भएका बालबालिकाले उपचार पाएका छैनन्। अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मीहरु नजिक नै पर्दैनन। बालअधिकार हननका केही यस्ता समाचार छन्, जुन पढ्दा पनि शरीर जिरिङ हुन्छ।

भिख मागेर आफ्नो दैनिकी चलाउने सढक बालबालिकाको अवस्था झन कति कहालीलाग्दो होला हामी सोच्न सक्छौं । आफुले आफुलाइ बालअधिकारकर्मी भन्दै खोक्नेहरु खै यो महामारीको बेला कुन दुलो भित्र पसे? ५४ औं बाल दिवस मनाइसक्दा पनि देशमा अझै बालधिकारको सँरक्षण हुन सकेको छैन। यो हामी सबैमा जगजाहेर नै छ तर पनि बालदिवसको दिन अनेक नाराका साथ अनेकौं प्रतिबद्धता गरेर बालअधिकारको सँरक्षण गर्छु भन्ने बुद्धिजीवीहरु महामारीको यो कठिन समयमा चाहिँ खै कता लुक्नु भयो कि बालअधिकार शब्द र नाराको लागि मात्रै हो ?

हालको महामारीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरुले उनीहरुको बचाऊ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरुको पुनरावलोकन गर्न जरुरी छ। सडक तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार, पुनस्र्थापनाजस्ता केही प्रयासहरुलाई सकारात्मक रुपमा लिन सकिन्छ।

तर यस्ता कामहरुलाई स्थानीयस्तरसम्म पुर्याएर सबैको अपनत्व हुने खालका अभ्यास गराउन आवश्यक छ। सरकारले काम गरेन, समाजले कुरा बुझ्दैनन् र बालबालिकालाई जति गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागी सबैको हातेमालो भएमा समग्र बालबालिकाको पक्षमा राम्रो काम हुन सक्छ। सकारात्मक प्रकारका प्रयासहरु भएको खण्डमा महामारीको चपेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी हुन सक्छ।

बालअधिकारकर्मी बासु अधिकारी कोभिडलाई त्रासका रुपमा मात्र नभएर व्यस्त जिवनशैलिका कारण बालबालिकासँग बढेको पारिवारिक दुरि घटाउने अवसरको रुपमा लिनु पर्ने बताउछन्न । हुन पनि दैनिक हतारमा बिद्यालय जानुपर्ने , धेरै पढनुपर्ने , गृुहकार्य गर्नुपर्ने , भनेको बेला साथीभाई भेटन र रहर लागे अनुसार खेल्न पनि नपाइने व्यस्त र दबाबमुलक जिवन अहिले छैन ।

यसैले बालबालिकासँग बसेर परिवार इष्टमित्रका विसयमा कुरा गर्ने, पुराना तस्वीर देखाएर आफन्त चिनाउने भुमिका पाका सदस्यले निभाउनुपर्छ । यसैगरि करेसावारीमा काम गर्नु, बोट विरुवा चिनाउने , समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ । यसबाहेक आफनो रितिरिवाज अनुसारको सँस्कार बुझाउने र वालवालिकालाई समाजिक परम्परा बुझने काम पनि गर्न सकिन्छ । यति मात्र नभएर परिवारका सदस्यमा भएको गीत गाउने खेल्ने वा अन्य शीपहरु बालवालिकाहरुलाई सिकाउन सकिन्छ । साथै बालबालिकाहरुको रुचि अनुसार शीप विकासमा सहयोग गर्न सकिन्छ । जस्तो चित्र बनाउने , गीत कविता लेख्ने गाउने , विभिन्न यन्त्रहरु बनाउने रुचि बालवालिकाहरुमा हुन्छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल