धरान एम्स एकेडमीमा कक्षा ११ को लागी दोश्रो चरणको प्रवेश परिक्षा सम्पन्न

  • प्रकाशित मितिः भदौ 25, 2077
  • 404 पटक पढिएको
  • सन्देश तिमल्सिना

धरान। कोरोनाको मध्यनगर गर्दै धरान-१२ चतरा लाइन अवस्थित ऐम्स ऐकेडेमिले दाश्रो चरणको परीक्षा पनि सम्पन्न गरेको छ। कोभिड-१९ लाई मध्य नगर राख्दै दोश्रो चरणको परीक्षा सम्पन्न भएको ऐेकेडेमिका संयोजक हेमन्त भण्डारिले जानकारि दिनु भयो।

यसअघि पहिलो चरणको प्रवेश परीक्षा भदौ २३ गते मंगलबार सम्पन्न भएको भण्डारीले बताए । स्वास्थ मापदण्डहरु पालना गरेर पहिलो प्रवेश परीक्षा सम्पन्न गरे लगतै आज गरिएको दोश्रो चरणको परीक्षा पनि मापदण्ड पूरा पालना गरेर परिक्षा सम्पन्न गरेका छन्। परिक्षामा भौतिक रुपमा ५७ जना र अनलाइनमार्फत ३२ जना गरी कुल ८९ विधार्थीहरूले परिक्षा दिएका छन्।

स्वास्थ्यलाई ध्यानमा राख्दै विध्यालय प्रवेश गर्नुभन्दा अगाडी प्रत्यकलाई थर्मल गनबाट ज्वरो मापन गरी र सेनिटाइज गरि कोरोनाको कुनै लक्षण नभएमा मात्र प्रवेश गराइएको भण्डारिले जानकारि दिनुभयो।

सामजिक दुरि कायम गर्दै हरेक विध्यार्थिलाई एउटा मात्र बेन्चमा राखि परिक्षा संचालन गरीएको उनले बताए। यहि असोज ५ गते देखि बिध्यालयबाटै कक्षा सञ्चालन गर्ने याेजना समेत रहेकाे र कुनै विकल्प नरहे अनलाइन मार्फत भए पनि कक्षा सञ्चालन गर्ने जानकारि दिनुभयो ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल