भारतले ११८ चिनियाँ एप माथी प्रतिबन्ध लगायाे पबजी पनि सामेल

  • प्रकाशित मितिः भदौ 18, 2077
  • 213 पटक पढिएको
  • औजार संवाददाता

भारतले चीनमा विकसित एक सय १८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ, यसमा पबजी पनि सामेल छ । ती एपबाट भारतको सम्प्रभुता, अखण्डता, देशको सुरक्षा तथा लोकतन्त्रमा खतरा पुगेको भन्दै इलेक्ट्रोनिक्स तथा इन्फरमेसन टेक्नोलोजी मन्त्रालयले प्रतिबन्ध लगाएको हो।

यसबाट भारतको साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने मन्त्रालयको दाबी छ। ती एपबाट प्रयोगकर्ताको निजी तथ्यांक बाहिरिएको भारतले बताउँदै आएको थियो। यसअघि भारतले टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो। अहिलेसम्म भारतले ११८ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइसकेको छ। मन्त्रालयको बयानमा भनिएको छ, ‘यो कदमबाट भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुनेछ ।

यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुताको सुनिश्चित गर्ने मनसायबाट लिइएको हो ।’  उता, अमेरिकाले पनि टिकटक लगायत कैयौं चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल