ट्वीटरमा फलोअर घट्दा कंगना अत्यन्तै चिन्तित, ट्वीटरका सीईओलाई अपिल गरिन ?

  • प्रकाशित मितिः भदौ 17, 2077
  • 218 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतका ट्वीटर फलोअर घट्न थालेका छन्। दैनिक ४० देखि ५० हजारको संख्यामा ट्वीटर फलोअर घट्न थालेका हुन्। कंगना सुशान्तसिंह राजपूतको आत्महत्यापछि नातावाद र गुटबन्दीका विषयमा चर्को आवाज उठाउँदै आएकी छिन्।

यो घटनामा उनले थुप्रैलाई आरोपसमेत लगाएकी छन्। जसका कारण उनलाई मन नपराउनेहरूको संख्या बढेको हो।

ट्वीटर ह्यान्डलबाट फलोअर ह्वात्तै घटेपछि कंगनाले आफू यो प्लेटफर्ममा नयाँ भएको र पूर्ण रूपमा यसबारे जानकार नरहेको बताइन्।

उनले ट्वीटर इण्डिया र ट्वीटरका सीईओलाई मेन्सन गरेर सहयोग गर्न अपिलसमेत गरेकी छन्।

पछिल्लो समय उनी ट्वीटरमा निकै सक्रिय छिन्। थुप्रै मुद्दामा उनी निर्धक्क भएर बोलिरहेकी कंगना सुशान्तको पक्षमा बोल्दा आफ्नो फलोअर नै कम भएकाले चिन्ता व्यक्त गरेकी छिन्।

उनले बलिउडमा नेपोटिजम, गु्रपिजम तथा ड्रगको व्यापार निकै बढी हुने गरेको बताउँदै आएकी छिन्।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल