'काठमाडौंका कांग्रेस नेताको कोरोनाबाट मृत्यु'

  • प्रकाशित मितिः भदौ 9, 2077
  • 638 पटक पढिएको
  • औजार संवाददाता

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट एक नेताकाे मृत्यु भएकाे छ।

काेराेना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको हाे । काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । १३ दिन अघिदेखि ज्वरो र खोकीको समस्या सुरु भएका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए।

निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई भेन्टिलेटर राखेर उपचार हुँदै गरेको अवस्थामा सोमबार राति निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको निधनको काँग्रेस काठमाडौं– २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पनि पुष्टि गरेका छन्।

 


सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: ‘प्रम केपी शर्मा ओली’

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा वि

विजयपुर हस्पिटल विरामीकाे मृत्यु प्रकरण: अप्रेसन गरेकाे भोलीपल्ट ३१ बर्षीया युवतीकाे मृत्यु

धरान । धरान १० मा रहेकाे विजयपुर हस्पिटलमा सोमबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन गरिएकी इटहरीकी ३१

२० बर्षीय युवक खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ

झापा । झापा कमल गाँउपालिका-६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका