राष्ट्रकवि माधवप्रसाद घिमिरेको हिजाे साँझ भएको असामयिक निधनको खबरले अत्यन्त दुःख लागेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण’ बोलको गीत सार्वजनिक भएको छ।
हिजो साँझ १०१ वर्षका उमेरमा निधन भएका राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराएका थिए।
गीतमा कर्ण दासको स्वर र छ ।
यस्तो छ गीत
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा आफैंँलाई गरूँ वरण
त्यसरी होओस् मरण
धरान । धरान उपमहानगरपालिकाकामा समाहित भएका साविक पाँचकन्या र विष्णुपादुका क्षेत्रमा खानेपानीको व्यवस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा वि
धरान । धरान १० मा रहेकाे विजयपुर हस्पिटलमा सोमबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन गरिएकी इटहरीकी ३१
Copyright © 2021 - Aujarnews.com All rights reserved