प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 203 पटक पढिएको
  • धुर्ब सुबेदी

विराटनगर, ३० साउन।  प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।

आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ