हर्क सङ्पाङको रिहाईको माग गर्दै मेयरको घर अगाडि धर्ना

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 424 पटक पढिएको
  • औजार संवाददाता

धरान, ३० साउन। धरानका खानेपानी भ्रष्टाचार अभियन्ता हर्क साङ्पाङको रिहाईको माग गर्दै मेयर तिलक राईको घर अगाडि धर्ना दिएको छ।

धरानको खानेपानीको मुहानमा पाईप तोडफोड गरेको आरोपमा हर्क साङ्पाङलाई पक्राउ गरिएका थिए । साउन १८ गते साङ्पङले खानेपानी संस्थानको मुहानमा पुगेर तोडफोड गरेको आरोप लागेका थिए।आरोप लागेपछि नेकपा,नेपाली काङ्ग्रेस र समाजवादीले कार्वाही गर्न भनेर प्रेस बिज्ञप्ति समेत निकालेका थिए। साङ्पाङलाई इलाका प्रहरी कार्यालय धरानले साउन २० गते पक्राउ गरिएका हुन।उनलाई पाईप तोडफोड तथा अत्यावश्यक सेवा अबरुद्ध गरेको मुद्दा लगाएका छ्न।

खानेपानीमा भ्रष्टाचार गरेको भन हर्क साङ्पाङले लगातार धरान उपमहानगरमा ज्ञापनपत्र बुझाउदै आएका थिए।तर साउन १८ लगातार १० दिनसम्म खानेपानी न आएकोले मुहान हेर्न जाँदा खानेपानी संस्थानको पाईप एडिबी परियोजनाले लगेको पाईएपछी त्यो खोलेर खानेपानीमा लगाएको जनाएको छ।तोडफोड नगरेको दाबी गर्दै रेन्ची नै प्रयोग गरेर खोलेको दाबी साङ्पाङले गरेका थिए।साङ्पाङसंगै खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई समेत खोजिमा राखिएको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ