विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

  • प्रकाशित मितिः श्रावण 28, 2077
  • 1158 पटक पढिएको
  • पारस राई

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभिड १९ महामारी फैलिरहेको समयमा प्रतिष्ठानलाई बेवास्ता गरी सिनेट बैठकका लागि कर्मचारीसहित काठमाडौं गएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

मङ्गलबार उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाएको ताला प्रहरीले फोडेपछि नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज (बुधबार) पनि सिनेट बैठक तत्काल रोक्न र प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउन प्रवेशद्वार भित्रै विरोध प्रदर्शन गरेका हुन् । धरान १८ बुद्धचोकबाट विरोध प्रदर्शन र्यालि निकाल्दै पुनः उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीलाई जनपथ प्रहरी र सशस्त्र प्रहरीले वीपीको मूख्य प्रवेशद्वारमा नै रोकेका थिए । मूख्य प्रवेशद्वारमा जनपथ प्रहरी र सशस्त्र प्रहरीसँग सामान्य रुपमा ठेलमठेल भएको थियो । ठेलमठेल हुँदा तरुण दल र नेपाल विद्यार्थी संघको दुई जना घाइते भएका छन् । प्रहरीले उपकुलपतिको कार्यकक्षमा जान नदिएपछि विरोध प्रदर्शन विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कोभिड १९ अस्पतालको उद्घाटन भएको ३ महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउन नसकेको प्रति घोर आपत्ति भएको बताए । उनले धरानका कोरोना संक्रमित विरामीहरु घरैमा बसेर उपचार गर्न बाध्य भएको बताए । प्रतिष्ठान हाताभित्र अत्यन्तै चरम बेतिथि रहेको तथा शौचालयको सरसफाइ र बन्द ओपिडी सेवालाई व्यवस्थित तरिकाले सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । उनले उपकुलपति डा. गिरीले धराने जनताको स्वास्थ्य माथि खेलबाड गरेको आरोप लगाए ।

यसैगरी नेविसंघ महेन्द्र बहुमुखि क्याम्पसका कार्यबाहक सभापति दोर्चि शेर्पाले प्रतिष्ठान भित्र थुप्रै अनियमितता र भ्रष्टाचार भएको भन्दै कोभिड १९ अस्पताल चाडोभन्दा चाडो सञ्चालनमा ल्याउन माग गरे । उनले प्रतिष्ठान हाताभित्र भ्रष्ट्रचारको ठूलो चलखेल भइरहेको बताए । धरानमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै ‘उपकुलपति गिरीले प्रतिष्ठानलाई व्यवस्थित बनाउन’ नसकेको बताए । प्रतिष्ठानमा उपकुलपति डा.गिरी नियुक्ती भएर आएपछि गैरजिम्मेवार, अव्यवस्थित र अव्यवहारिक ढंगले सञ्चालन गरेको उनले बताए ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आफ्नो मागहरु पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने समेत कडा चेतावनी दिएका छन् ।

पारस राई


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ