धरान । विश्वभर दुई करोड दुई लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड दुई लाख ४६ हजार पाँच सय ८० नाघेको छ ।
मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ३८ हजार ६ सय ९५ पुगेको छ भने एक करोड ३१ लाख सात हजार तीन सय ६० जना कोरोना मुक्त भइसकेका छन् ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा मात्र एक लाख ६६ हजार एक सय ९२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख एक हजार आठ सय ५७ , भारतमा ४५ हजार तीन सय ५३ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो मय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।
आजसम्म मेक्सिकोमा ५३ हजार तीन जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय पाँच जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत्
धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिक
Copyright © 2021 - Aujarnews.com All rights reserved