हाँतातुङमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ५ जना घाईते

  • प्रकाशित मितिः श्रावण 19, 2077
  • 157 पटक पढिएको
  • औजार संवाददाता

धरान, श्रावण १९ गते । भोजपुरको आमचौक गाउँपालिका-३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

आईतवार बेलुका सवा ७ बजेको समयमा बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२-००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका आमचोक गाउँपालिका-३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको तथा तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ ।


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल