धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

  • प्रकाशित मितिः श्रावण 18, 2077
  • 230 पटक पढिएको
  • औजार संवाददाता

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नया ढंगबाट संगठन सुदृढीकरण गरी विस्तार गर्ने हिजाे नेपाली कांग्रेस धनकुटाको वडा नं. ७ को भेलाले निर्णय गरेको ।

नेपाली कांग्रेस धनकुटा वडा नं. ७ का सभापती सुनिल कुमार डंगोलको अध्यक्षतमा भएको भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,मनोनित सचिव रविन्द्र नेपाली,धनकुटा वुहुमुखी क्याम्पसका प्रध्यापक सुन्दर श्रेष्ठ,नेपाल तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष शैलेसमान श्रेष्ठ,नेपाल तरुण दल धनकुटाका सदस्य दिपन श्रेष्ठ, नेपाल महिल संघका पूर्व जिल्ला सहसचिव जयन्ती राई,नेपाली कांग्रेस धनकुटाका वडा सचिव विश्व भण्डारी,नेपाल महिला संघ वडा नं. ७ का अध्यक्ष राधा तिम्सिना,उपाध्यक्ष सिता दाहाल लगायतले नेपाली कांग्रेसलाई पुरानो पम्परा अनुसार नभई अव नया ढंगबाट पार्टी सुदृढीकरण गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस वडा समितिले वडा नं. ७ को सवै टोल टोलमा पार्टी सदस्यता वितरण गरी टोल समितिहरु निर्माण गरी पार्टीलाई सशक्त र क्रियाशिल बनाउने निर्णय गरेको वडा सभापति सुनिल कुमार डंगोलले वताउनु भयो ।
विजय राई,धनकुटा


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल