'गृहको निर्देशन काठमाडौँ उपत्यका साँझ ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक'

  • प्रकाशित मितिः श्रावण 16, 2077
  • 106 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरेको छ । मन्त्रालयले आज ९बिहीबार० प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

काठमाडौं आउने यात्रुको उपत्यका प्रवेश गर्ने नाकामा कोरोना परीक्षण गर्दा ठूलो संख्यामा पोजेटिभ देखिएपछि मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साथै मन्त्रालयले काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको छ। अत्यावश्यक सेवा र ढुवानीमा भने रोक लगाइएको छैन।

सरकारले लकडाउन खोलेसँगै केही दिनयता काठमाडौं प्रवेश गर्ने यात्रु बढेका छन्।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच