धरानमा काेराेना फैलने डर, पसल ८ घण्टा मात्रै खोल्न दिइने, सार्वजनिक सवारीले सर्त लागु गर्नुपर्ने

  • प्रकाशित मितिः श्रावण 15, 2077
  • 1623 पटक पढिएको
  • औजार संवाददाता

धरान, १५ साउन । धरानमा कोरोना संक्रमणको जोखिम बढेपछि सर्वपक्षिय बैठकले सतर्कताकालागी विभिन्न निर्णय गरेको छ । धरान–१३ का युवामा संक्रमण देखिएपछि धरानमा सर्वपक्षिण् बैंठक बसेको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र तथा धरान–१३ का युवामा संक्रमण देखिएपछि धरानमा सर्वपक्षिय बैंठक बसेको हो ।
बजारमा भिडभाड बढेको भन्दै खाद्यान्न र औषधी पसल बाहेकका अन्य पसललाई विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । धरान उपमहानगरपालिकाकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो । खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बेजसम्म मात्र खोल्न दिइने निर्णय भएको हो । पसलहरुमा सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतलाई कडाई पनि गरिने भएको छ ।
बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्स सञ्चालक र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ । यस्तै, सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने निर्णय धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच