सम्झनाले मुटु पोल्छ सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मितिः श्रावण 14, 2077
  • 62 पटक पढिएको
  • औजार संवाददाता

धरान। ‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर सजिएको कर्णप्रिय उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतकारसमेत रहेका म्युजिक भिडियो निर्देशक जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको भिडियोमा मन्दिप मुकारुङ, गायिका तथा मोडल सविना योङहाङ र अव्देहा श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा धनमाया काम्बाङको शृङ्गार र मोडल स्वयम् मन्दिप मुकारुङको सिनेमाटोग्राफी रहेको छ । पदम राजन मगरको सङ्गीत संयोजन रहेको गीतकोे मिक्सिङ तथा रेकर्डिङ मुस्कान मुकारुङले गरेका हुन् । भिडियोमा सुन्दर र मनमोहक दृश्यहरू कैद गरिएका छन् ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच